केही दिनअघि लगातारजसो घटेको सुनको मूल्य आज फेरि बढेको छ ।

आज तोलामा ३ सय रुपैयाँले बढेर सुनको मूल्य ८९ हजार ७ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । शाक्यका अनुसार मूल्य बढ्नुमा अस्थिर बजार नै मुख्य कारण हो ।

बजार अस्थिर भइरहेकाले अब मूल्य घट्ने या बढ्ने यसै भन्न नसकिने उनको भनाइ छ । आज चाँदीको मूल्य भने थोरैले घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।