नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गाैला प्रत्यारोपण सफल भएको छ । भारतस्थित अपोलो हस्पिटलमा खनालको सफल मिर्गाैला प्रत्यारोपण गरिएको हो ।

भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत् नेता खनालको आज सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए । सचिवालयका अनुसार केही समय अस्पतालमा रही स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने छन् ।