सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गरेको छ।

कम्पनीले यही साउन २४ गतेसम्म आवेदन दिन सकिने गरी आज आईपीओ खुल्ला गरेको हो।

सानिमाले ५४ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिने जनाएको छ। आवेदकहरुले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म प्रतिकित्ता मूल्य सय रुपैयाँमा आवेदन भर्न पाउनेछन्।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अर्थात् कुल निष्कासनको ५ प्रतिशत सेयर  कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।

सानिमा लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । २० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।