१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज भएको खेलमा जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ | लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा इंग्याण्डले जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० गोल अन्तरको जित सुनिश्चित गरे । यससँगै इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ ।