१६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेर गरेको छ । आइतबार राति हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो ।

चेक रिपब्लिकलाई जिताउन टोमस होल्स र प्याट्रिक शिकले एक-एक गोल गरे । खेलको ६८ औँ मिनेटमा होल्सले हेडिङमार्फत गोल गर्दै १-० को अग्रता बनाएका थिए । अब चेक रिपब्लिकले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ। डेनमार्क वेल्सलाई ४-० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । समूह चरणमा सबै खेलमा जित हात पार्दै शत प्रतिशत नतिजा निकालेको नेदरल्याण्डले यात्रा अन्तम १६ मै टुंगिएको छ ।