नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेको छ ।

पार्टी हितविपरीत गतिबिधि गरेको भन्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हाे । यसअघि चैत ८ गते एमालेले नेपाल र रावललगायत ४ जनालाई स्पष्टीकरण सोधेको थियो । चैत १२ गते उनीहरुले पठाएको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लागेमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सक्ने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्ने अध्यक्ष ओलीले पत्रमा उल्लेख गरेका छन् ।