कोरोना भाइरस संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी महिला कर्मचारीको मृत्यु भएको छ। ५७ वर्षकी महिलाको उपचारका क्रममा अस्पतालमा निधन भएको अस्पतालका छाती रोग विशेषज्ञ डा.सन्त कुमार दासले जानकारी दिए। महिला अस्पतालको बि एडिक्सन वार्डमा कार्यरत महिला कर्मचारी उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।