दाङमा चार महिनामा प्राकृतिक विपदका घटनाबाट करिब दुई करोड रूपैयाँको क्षति भएको छ ।जिल्लाका १० पालिकाका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउन महिनाको अन्त्यसम्म करिब दुई करोडको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
गत वैशाखदेखि साउन महिनासम्मको अवधिमा प्राकृतिक विपद्का कारण एक करोड ८० लाख ९१ हजार ४४० रूपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना अधिकारी अजेन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार चार महिनाको अवधिमा सबैभन्दा धेरै क्षति साउन महिना भएको छ ।
साउनमामा पहिरो, वर्षात्का कारण घर भत्किएका, करेन्ट, आगलागी, सर्पदंशसहित ६३ घटना भएका छन् ।
यसैगरी सर्पदंशका १५, पानीमा डुबेर मृत्यु भएका नौ, करेन्ट लागेका तीन र आगलागीका एक घटना भएका छन् ।