महोत्तरीको बर्दिबासमा शनिबार बिहान गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-१ स्थित बर्दिबास चौकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आर जे ०२ जी बि ३३४७ नम्बर भएको भारतीय लहरी (ट्रक) ले ठकर दिँदा अटो चालक बर्दिबास नगरपालिका-१ निवासी भिमबहादुर श्रेष्ठको ४० वर्षीय छोरा टेक नारायण श्रेष्ठको मृत्यु भएको हो ।
गम्भीर घाइते श्रेष्ठलाई उपचारको क्रममा बर्दिबास जनसेवा हस्पिटलमा मृत्यु भएको जनाएको छ ।
भारतीय लहरी चालक अरबिन कुमार बलाइत र लहरी ईलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको छन्।