बाँकेमा झारफुकको बहानामा दुई महिलालाई बलात्कार गरेको आरोपमा नजिर मोहम्मदलाई इप्रका बनकट्टीको टोलीले पक्राउ गरेको छन् । कम्मरसाह बाबाकुटीका मौला ४० वर्षीय नजिर मोहम्मदलाई प्रहरीले पक्रेको हो ।
उनलाई बिहीबार राति नै पक्राउ गरिएको र अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बाताएको छ ।
ती आरोपीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाएर जबरजस्ती करणी गरेका पीडित महिलाले बताएका छन् ।