विद्युत मर्मत कार्य भइरहेका कारण भोलि काठमाडौँका केही स्थानमा बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भोलि रत्नपार्क वितरण केन्द्रको कालिकास्थानदेखी विजय मेमोरियल स्कुलसम्मको ११ के भी लाइन मर्मत गरिने भएको छ ।जसका कारण भोलि विहान ७ बजेबाट दिउँसो ३ बजेसम्म ११ के भी कालिकास्थान फिडर सट डाउन हुने भएको छ ।