सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ मा निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरेदोभानका घरहरु पहिरोको जोखिममा परेका छन् । निरन्तर पहिरो झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले बताएका छन्। वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन् ।
बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ ।
गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेकोले गाउँका सबै आफ्ना घर छाडेर सुरक्षित स्थानमा गएर बसेका छन्। पहिरोको त्रासले गर्दा स्थानीयहरू सुरक्षित स्थानको खोजिमा घर छाड्न बाध्य भएका हुन् ।