रास्कोट नगरपालिका–४, वसन्तपुरका ५१ वर्षीय नमराज शाही र उनका ज्वाइँ नाता पर्ने २४ वर्षीय खगेन्द्र शाहीलाई प्रहरीले किशोरीलाई बलात्कारपछि असुरक्षित गर्भपतना गराएको आरोपमा पक्राउ गरेको हो ।होटल सञ्चालक नमराजले रास्कोट–४, सुनारबाढाकी १८ वर्षीया किशोरीलाई २०७६ चैत १५ गते जबर्जस्ती करणी गरे त्यसपछि पनि पटक पटक प्रलोभन र धम्की दिएर पटक पटक बलात्कार गर्दा जेठमा किशोरीको गर्भ रहेको पीडित परिवारले बताएको छ । खगेन्द्रलाई किशोरीका नक्कली पति बनाई सदरमुकाम मान्मा गई असुरक्षित गर्भपतन गराउँन लगेपाछि किशोरीको पेट दुख्ने र रगत बग्न थालेपछि उनले घर परिवारलाई भनिछन्,’ डीएसपी ओलीयाले भन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।