काठमाडौँ — उपत्यकास्थित तीनवटै जिल्लामा भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।
मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भए पछि छलफलकै क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो ।
काठमाडौंका उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको थियो । मंगलबार मात्रै काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको थियो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना: