राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ : ५५ बजे उनकै निवासमा निधन भएको छ। घिमिरेको जन्म लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते भएको हो। १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तान घिमिरेको १०१ बर्षको उमेरमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो ।घिमिरेलाई स्वास प्रस्वासको समस्या बिगत लामो समय देखि रहेको थियो।
नेपाली साहित्यमा उहाँको महत्वपूर्ण योगदान रहेको छ। घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय मानिन्छ।“गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका छन् । उनको कान्छी श्रीमती महाकालीको ८६ वर्षकी छन् । जेठी श्रीमतीको निधन पछि उनले ‘गौरी’ स्वोककव्य लेखेका छन् जुन लोकप्रिय कृतिमा पर्दछ।राष्ट्रकवि माधवप्रसाद घिमिरेका दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् ।