काठमाडौं – दुबईमा अलपत्र परेका नेपाली यात्रुहरुको उद्दारका लागि पठाएको विमान रित्तै फर्किदै छ। करिब एक सय जना नेपाली यात्रु नेपाल फर्किनका लागि सबै कागजात तयार बनाएर एरपोर्टमा पुगिसकेका थिए। सीसीएमसीले विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिदिए पछि विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका छन् र एकदमै आक्रोसित पनि भएका छन्। यात्रुहरुले आफु नेपाल फर्कन लागेको खर्च नेपाल एयरलाइन्स अथवा सीसीएमसी र प्रमुख उपप्रधानमन्त्री ले व्येहोर्नु पर्नी भन्दै सामाजिक संजालमा भनेका छन्। उद्दार उडान स्थगित भएसंगै यात्रुहरुले दुःख पाउनुका साथै नेपाल एयरलाइन्सलाई पनि घाटा लागेको जनाएको छ। नेपाल एयरलाइन्सले उद्दार उडान स्थगित हुनी सूचना पहिले दिएको जानेको छ तर एक सय यात्रुहरु संग सम्पर्क नभएको ले उनीहरु एयरपोर्ट पुगेको जानेको छ।