बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् । आलिया बलिउडमा पछिल्लो समयकी सफल नायिका हुन् । तर, नायक सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिज्मको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको छ । दर्शकले बहिष्कार गर्न थाले भने कलाकारको स्टारडम कसरी तल झर्छ भन्ने उदाहरण, उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलरमा आएको डिसलाइकलाई हेर्दा हुन्छ । महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको २ घन्टामा यसलाई ३ लाख ६० हजार भन्दा बढीले डिसलाइक गरेका छन् । यो संख्या बढ्ने क्रममा छन् ।