भक्तपुर जिल्लामा पहिलोपटक एक स्थानीयमा कोरोना भाइरस संक्रमणको पुस्टी भएको छ । भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलमा बस्ने ४२ वर्षीय पुरुष जेठ ६ गते कोरोना भाइरस संक्रमित भएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको हाे । उनी काठमाडौं महानगारपालिकाका सफाई कर्मचारी रहेको भनेर खुलेको छ । यसअघि गत बैशाख ३१ गते भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका शंखधर चोकमा कोठा भाडामा लिएर बस्ने एक २५ बर्षीय महिलामा र चाँगुनारायण नगरपालिका दुवाकोटमा बस्ने एक पुरुषमा कोरोना भाइरस भेटिएको थियो ।