भक्तपुरमा दुईजनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि समुदायमा संक्रमण फैलन नदिन यहाँ कफ्र्यु लगाउन माग गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठक यहाँको सुरक्षा निकायका प्रमुख तथा केही नगरपालिका प्रमुखले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिन नदिन कफ्र्यु लगाउनुपर्ने माग गरेका हुन्। पछिल्लो समय उपत्यका बाहिरबाट आउनेहरुको संख्या बढेसँगै भक्तपुर कोरोना भाइरस संक्रमणको जोखिममा परेको छ। त्यसमाथि उपत्यका बाहिरबाटै आएका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सुरक्षा निकाय र स्थानीय तहका प्रमुखहरु सचेत भएका हुन्।