लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्ध गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ  रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौंआउन चाहेका हुन् । पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो । तर, फेरि गृहमन्त्रालले प्रक्रिया नपुगेको भनेपछि त्यसलाई रद्द गरिएको छ ।