खोप लगाउन आवश्यक पर्ने सिरिन्ज अभाव हुँदा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार काठमाडौँसहित ८ जिल्लामा सुरु गर्ने भनिएको खोप कार्यक्रम सिरिन्ज अभावले स्थगित भएको हो । मंगलबार स्वास्थ्य मन्त्रालयले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोरोनाविरुद्धको ‘फाइजर’ खोप लगाउने निर्णय गरेको थियो । तर, सिरिन्ज नभएका कारण उक्त कार्यक्रम स्थगित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आजबाट काठमाडौँ, भक्तपुर ललितपुर, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत गरी जम्म ८ वटा जिल्लामा यो कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास