मेक्सम खाती र दिपिका भुषालको स्वरमा संघर्षको भिडियो सार्वजनिक भएको छ । सापकोटा प्रडक्सनको प्रस्तुती रहेको गीत नारायण पांडेको संगित संयोजन तथा कमल सौरगले एरेन्ज गरेका हुन ।
कृष्ण सापकोटा शव्द रचना तथा निर्देशनमा तयार भएको भिडियो हरिश महराको छायांकन तथा नविन घर्ति मगरको सम्पादन रहेको छ ।

नव मोडल आशा भारतीको उत्कृष्ट अभिनय रहेको भिडियोमा उनलाई कृष्ण सापकोटा,सुनील ज्ञवाली तथा बालकलाकार पूर्विता श्रेष्ठले अभिनयमा साथ दिएका छन । भिडियो कृष्ण सापकोटा युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।
मोडल आशा यसै गीतबाट डेव्यू मोडलको रुपमा प्रस्तुत भएकी छिन । मोडल आशा यस भिडियोबाट आफुलाई दर्शकले रुचाउनेमा निकै आशावादी देखिएकी छिन । उनका अन्य केहि गीतका भिडियो चाडै सार्वजनिक हुने तयारीमा रहेको छ । संचारकर्मी तथा कार्यक्रम संचालक समेत रहेकी आशा मोफसलमा रहेर मोडलिङ्गमा सक्रिय रहेकी छिन ।