वीर अस्पतालमा करिब ४ महिना अघि जडान भएको क्यान्सर रोग उपचारका लागि उपयोगी टोमोथेरापी थेरापी मेसीन संचालनमा आएको छ । नेपालका लागि यो मेसिन नयाँ भएकाले अस्पतालले केहि समय मेसिन प्रयोगात्मक रुपमा संचालनमा ल्याएको हो । जसका लागि केहि क्यासरका विरामीलाई मात्र प्रयोगमा ल्याएको उतm मेसिन केहि समय पछि भने पूर्ण संचालनमा ल्याउने अस्पतालको तयारी छ ।टोमोथेरापी क्यान्सरको उपचारका लागि प्रयोगमा ल्याइएको संसारकै अत्याधुनिक र प्रभावकारी उपकरण हो । तर यो मेसिन नेपालका लागि नयाँ र नौलो प्रविधि भएकाले मेसिन वीर अस्पतालमा यसको संचलान सुरुवाती अवस्थामा छ ।

वीर अस्पतालले करिब ४ महिना अघि जडान गरेको टेमोथेरामी मेसिनबाट गत सोमबार एक क्यानसर रोगीको उपचार पहिलो पटक अस्पताले मेसिनको प्रयोग मानिसमा गरेको हो । यस अघि अस्पतालले मानिस जस्तै देखिने अन्य वस्तुमा मेसिनको प्रयोगात्मक प्रयोग गदै आइरहेको थियो । विश्वमा यो मेसिन नयाँ र नौलो प्रविधि भएकाले अस्पतालले भारतबाट मेसिन संचालनको तालिम दिएर केहि संख्या जनशतिmमार्फत अस्पताले मेसिन संचालन गरेको अस्पतालको भनाई छ । साथै उक्त तालिम प्राप्त जनशतिmबाटनै टोमोथेरापी मेसिनको प्रयोगबाट मानिसमा उपचार अस्पतालले गरेको हो । तर अहिले नै अस्पतलाले उतm मेसिनबाट निमित सेवा संचालन भने गरेको छैन । साथै उपचारका लागि आवश्यक शुल्क निर्धारण पनि गरिएको छैन । रेडिएयन थेरापीबाट उपचार गर्ने टोमोथेरापी मेसिनबाट क्यान्सर पहिचान र उपचार सहज हुने चिकित्सकहरुको ठहर छ । विश्वमा सन् २००२ देखि प्रयोगमा आएको टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियो थेरापी भन्दा आधुनिक र प्रभावकारी प्रविधि मानिन्छ ।टोमोथेरापी रेडिएसन अर्थात विकिरणका माध्यमबाट क्यान्सर ग्रस्त कोषलाई सेकेर उपचार गर्ने एक प्रविधि हो । टोमोथेरापी मेसिनसिटी स्क्यान जस्तै चौँडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार समेत गर्न समेत सहज हुने चिकित्सक बताउँछन् । साथै यो मेसिनजुन सुकै उमेरका क्यानसर रोगीका लागि समेत उपयोगी भएको यसका जानकारहरु बताउँछन् ।

अस्पतालले टोमोथेरापी मेसिन नेपाल भित्रिएको वर्षौँ लगाएर मेसिन जडान गरे पनि जडान गरेको करिब ४ महिनाको अवधिमा मेसिन संचालनमा ल्याउनु पक्कै पनि सकारात्कम पक्ष हो । साथैवीर अस्पतालले टोमोथेरामी प्रविधिबाट उपचार संचाल गरेसंगै नेपालको स्वास्थ्य क्षेत्रमा उपचार प्रविधिको नयाँ आयाम समेत थपिएको छ । तर नयाँ प्रविधि संचालनका लागि दक्ष जनशति अभाव देखिएकाले यी र यस्ता प्रविधिक विषय नेपालमा नै पढाउन आवश्यक भएको जानकारहरुले औलाएका छन् ।