आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ । पटकपटक सुनुवाइ भएर पनि किनारा लाग्न नसकेकाे मुद्दामा आज  पुनः सुनुवाइ राखिएकाे छ । मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।  चिकित्सकसहित दुई जना सरकारी साक्षीको वकपत्र सम्पन्न गरेसँगै अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकेको छैन । अघिल्लाे सुनुवाइमा चिकित्सककाे रिपाेर्ट तलमाथि परेकाे र बयान फरक परेकाे भनेपछि पुनः कागजात गराइएकाे छ ।