जिल्ला प्रहरी कार्यालय (जिप्रका) रौटहटले करीव १३ लाख बराबरको सौफी रक्सीसहितका सामग्री बरामद गरेको छ ।

बिहीबार प्रहरीले रू. १२ लाख ९१ हजार ६४० रुपियाँ बराबरको बराबरको सौफी रक्सी लगायतका सर–सामानहरू पक्राउ गरिएको रौटहटका प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढाले बताएका छन् ।

प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा नजिक भारतीय नम्बरको बोलेरो जीपसहित सर–सामानहरू बरामद गरिएको छ ।

जीपमा सौफी रक्सी लोड गरी नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीले गाडी नियन्त्रणमा लिएको थियो ।

प्रहरी देख्नसाथ बोलेरो जीप गाडीलाई वेवारिसे अवस्थामा छाडेर चालक फरार भएका छन् ।

बोलेरो जीपभित्र लोड रहेको १२२ कार्टुन सौफी रक्सी बरामद भएको छ ।

यसैबीच, रौटहट प्रहरीले भारतीय नम्बरको मोटरसाईकलमा चिनी, खाने तेल, सुर्ती, र बच्चाहरूको खेलौना भन्सारबाट चोरी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरादम गरेको छ ।

प्रहरीलाई देख्नसाथ मोटरसाईकल र सामान छाडेर चालक फरार रहेका छन् ।