गत निर्वाचनमा नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने एका छन् । नयाँ वानेश्वरस्थित अर्याल होटलमा एक कार्यक्रमकाबीच भूसाल एकीकृत समाजवादी प्रवेश गर्न लागेका हुन् ।

उनले मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर – १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । भूसाललाई तत्कालीन नेपाली काँग्रेस माओवादी लगायतको सत्ता गठबन्नको साथ थियो । तर उनी एमालेकै उम्मेदवारसँग पराजित भएका थिए ।नेकपा एकीकृत समाजवादीमा उनलाई कुन पद दिने भन्नेबारे प्रष्ट भइसकेको छैन । तरपनि भूसाललाई हासचिव वा उपाध्यक्ष दिइने चर्चा छ । भूसाल एमाले विभाजन अघि माधव नेपाल निकटकै नेता थिए । तर एमाले विभाजनका क्रममा उनले नेपाललाई साथ दिएका थिएनन् ।