उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको बताए। उनले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गरेका थिए। आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहेकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको उनले बताए।