वरिष्ठ गीतकार अमर वान्तुको नयाँ गीत ‘कस्तो मिलेको’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र ज्वाला राईको स्वर, दीपक शर्माको सङ्गीत, नरेन्द्र वियोगीको मिक्सिङ/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा चक्र बम, स्मारिका धिताल, सरोज राना प्रजा र विना राउतको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

बान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/स्रोता र दर्शकमाझ आएकाछन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान…’ लगायत थुप्रै गीत श्रोतारदर्शकले अत्यधिक मन पराएका छन् ।