कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो ।

अष्ट्रेलियाका लागि एक मात्रै निर्णायक गोल म्याथ्यु लेकीले गरे । खेलको ६० औं मिनेटमा लेकीले गोल गरेका थिए। यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक हात पारेको छ।