प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको अन्तिम परिणाम आइसकेको छ।

सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकिकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७–७ क्षेत्रमा विजयी भएका छन्।

साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन्।

अझै ९ स्थानको नतिजा आइसकेको छैन। ६ स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने ३ स्थानमा मतगणना सुरु हुन सकेको छैन। बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो।