आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंल्याण्डले १९ औँ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । इंल्याण्डका लागि बेन स्टोकले सर्वाधिक ५२ रन बनाए । जोस बट्लरले २६ रन जोड्दा ह्यारी ब्रुकले २० रन बनाए । पाकिस्तानका लागि हारिस राउफले २ तथा शहीन शाह अफ्रिदी, शदाब खान र मोहम्मद वासिमले समान एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन जोडेको थियो । पाकिस्तानका लागि शान मसुदले ३८, कप्तान बाबर आजमले ३२ रन जोडे । इंल्याण्डका साम करनले ३ तथा क्रिस जोर्डन र आदिल रशिदले समान दुई विकेट लिए ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास