राप्रपाका प्रभावशाली नेता तथा बर्दिया–२ का प्रतिनिधिसभाका उम्मेदवार विनय रावलको पक्षमा जनलहर देखिएको छ । आज पार्टीले आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा जनसागर उर्लिएको छ । विकासप्रेमी नेताको छवि बनाएका रावलको व्यक्तित्व र भीजनबाट सो क्षेत्रका जनता प्रभावित बनेका छन् । देशको विकास गर्नसक्ने क्षमता भएको कारण नै आफूहरु रावलको पक्षमा खुलेको सो क्षेत्रका जनताको टिप्पणी छ ।

 

आजको चुनावी सभामा प्रमुखको अतिथिको रुपमा वरिष्ठ नेता पशुपतिशमशेर जबराले सम्बोधन गरेका थिए । जबराले रावलको व्यक्तित्व र विकासप्रतिको लगावको कारण सबैलाई रावल एलक काफी हुने टिप्पणी गरेका छन् । उनले भनेका छन्,‘बर्दियामा विनय रावल सबैलाई एक्लै काफी हुनुहुन्छ । उहाँको यो क्षेत्रको विकासप्रतिको लगाव नै अहिले देखिएको जनसागर हो भन्ने लाग्छ । उहाँको जित निश्चित् छ ।’

सो चुनावी सभामा पूर्व गभर्नर डा. तिलक रावलले पनि सम्बोधन गरेका थिए । उनले समाजसेवाको पाटोमा आफू पनि सक्रिय रहेको स्मरण गराउँदै उक्त पाटोमा आफूभन्दा पनि छोरा विनयको झनै लोभलाग्दो समाजसेबाट आफू प्रभावित बनेको बताएका थिए । सो सभाको लागि हजारौंको संख्यामा बाइक र्याली निकालिएको थियो । चुनावी सभा र पार्टी प्रवेश कार्यक्रम हुँदै गर्दा चुनावी सभा आसपासका मूल सडक नै अवरुद्ध भएका थिए ।