काठमाडौँको गोकर्णेश्वोर स्थित नयाँपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दोश्रो साधारणसभा उद्घाटन सत्र सम्पन्न गरेको छ । निवर्तमान संघीय सभासद माननीय कृष्ण बहादुर राइको प्रमुख आतिथ्यता तथा मानवीय रामेश्वर फुयालको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन पछि स्वागत मन्तव्य राख्दै समितिका सदस्य अनन्त अर्यालले गोकर्णेश्वर वासिहरुलाई स्वच्छ पानी खुवाउनको लागि एक घर एक धाराको नीति अनुरुप काम गर्ने योजना रहेको बताए । यस्तै , समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति नारायण भक्त मानन्धरले एक घर एक धारा कार्यक्रमलाई सफल पार्न विभिन्न निकाय संग सहयोग माग्दै १३६ धाराहरु निर्माण गरिएको बताए । समितिले सुरुवाती देखि आजका दिनसम्म आइपुग्दा थुप्रै सहयोग भएको स्मरण गरे ।

यस्तै, आम नागरिकको तर्फबाट बोल्दै बिनोद खड्काले सुन्दरीजलबाट पानी बगेको भएपनी आफूहरूले खान नपाएको गुनासो गरे । आफू सुन्दरीजलवासी भएको भन्नू लज्जास्पद विषय रहेको भन्दै पानी उपभोक्ता समितिले पनि त्यसमा चासो नदेखाएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि माननीय कृष्ण बहादुर राइले मेलम्चीले गोकर्णेश्वोर क्षेत्रमा पानी दिन आनाकानी गरेको भएपनि त्यसमा आफूहरूले सक्दो प्रयास गरेको बताए ।कार्यक्रममा समाजसेवी तथा बौद्धिक व्यक्तित्व प्रा.डा पन्डित ऋषिराम पोखरेले पानी नै मानव
सभ्यताको थालनिको पहिलो जग भएको बताए ।
यस्तै,नेकपा एमालेका नेता तथा बाग्मती प्रदेशका पुर्व मन्त्री रामेश्वर फुयालले जनताको सहभागीतामा एक घर एक धारा कार्यक्रम सम्पन्न भएको बताए । उनले पानी नपुगेका ठाउँहरुमा पहल चाल्ने भन्दै उपभोक्ता समितिलाई पनि त्यही अनुसारको योजना बनाउन आग्रह गर्दै त्यसको सहयोगका लागि तीन तहका सरकारले काम गर्ने बताए ।