काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेङ्गु रोगको संक्रमण भएमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सक्ने बताएका छन् । डेंगुको शंका लागेमा या सिकिस्त भएमा १०२ नम्बरमा कल गरेर महानगरपालिकाको एम्बुलेन्स सेवा लिन बालेनले आग्रह गरेका छन् । मेयर बालेनले डेंगुका सन्दर्भमा ११८० नम्बरमा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ नम्बरमा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन अनुरोध गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने । आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’