आज हरितालिका (तीज) व्रतको दिन हो । व्रतको तयारी स्वरुप हिजो दर खाएर बसेका महिला आज निराहार बस्छन् ।

दरखाने दिनसँगै चार दिने तीज पर्व हिजोदेखि सुरु भएको हो। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन दर खाने र दोस्रो दिन व्रत बस्ने गरिन्छ ।

माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउन अघिल्लो दिन दर खाने चलन छ ।