‘पश्चाताप’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जना गुरुङद्धारा गायन यस गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठ र गीतकार तथा निर्देशक माधव निर्दाेषद्धारा निर्देशित एवम् लिखित गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

साउन २५ गते बुधबार एक समारोहका बिचमा उक्त गीतका गीतकार माधव निर्दाेष, मोडल विकास लामिछाने र सन्दिपा बाटा श्रेष्ठको सहभागितामा उक्त गीत माइक्रो टि.भी नेपाल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

समारोहमा बोल्दै गीतकार माधव निर्दाेष भन्नुहुन्छ,“यो गीत वियोगान्त गीत हो तर संयोगान्तमा टुंगिएको छ । सुन्दा पनि धेरै राम्रो छ साथै अभिनय पनि राम्रो रहेको छ । यसमा एकजना विश्वास गरेको पात्रलाई गुमाउँदा हुने उतारचढावको बारेमा देखाउन खोजिएको छ ।”

त्यस्तै मोडल विकास लामिछाने भन्नुहुन्छ,“यो गीत दुःखमा आधारित गीत हो । गीत सुन्दा राम्रो अनुभव हुन्छ ।”भन्दै उहाँले सबैलाई यस गीतलाई माया गरिदिनुहुन कार्यक्रममार्फत् अनुरोध गर्नुभयो ।

माइक्रो टि.भी नेपालमार्फत सार्वजनिक भएको म्युजिक भिडियोको लिङ्क यहाँ  छ ।