पुर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनाधिकृत सहभागी गराएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिलाई नेपाल प्रहरीले जेठ १४ गते मेटिएको सीटीभी फुटेजदिएको छ । नेपाली प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले मेटिएको सीसीटीभी फुटेज रिकभर गरेको हो । समितिले आज बिहान बसेको बैठकमा प्रहरीले पठाएको सिलबन्दी खोलेर हेर्दा १४ जेठको मेटिएको सीसीटीभी फुटेज रिकभर भएको पाएको हो ।

जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर भएको छ भने भिडियो अस्पष्ट र धमिलो र केही सेकेन्डका क्लिपहरु राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला देखिएको छ । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको छ । प्राप्त क्लिपहरु आजको विशेष समिति बैठकमा सदस्यहरुले हेरेका छन्, भने भिडियो अस्पष्ट भएपनि समितिले अजा अपरान्ह्र चार बजे बस्ने बैठकमा विज्ञहरुलाई बोलाएर छलफल गर्ने भएको छ ।