जनता समाजवादी पार्टी(जसपा) औचापरिक रुपमा दुई चिरा भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले छुट्टा–छुट्टै बैठकको आयोजना गरेका छन्। भट्टराई पक्षीय जसपाका नेताहरुको बैठक काठमाडौंमा केहीबेर अघि सुरु भएको छ ।  बैठकको पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराइले उद्घाटन गरेका छन् । दुई दिन (आज र भोली) केन्द्रीय समितिको विस्तारित बैठक बस्नेछ ।

जसपा नेता विश्वदिप पाण्डेका अनुसार जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अवस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध विषयमा छलफल हुनेछ । उता जसपा अध्यक्ष  यादवले असार २९ र ३० गते वीरगन्जमा बैठक बोलाएका छन् । वीरगन्जमा उनीहरुको आन्तरिक छलफल चलिरहेको छ। यादव पक्षले काठमाडौंमा कुनैपनि बैठक नडाकिएको भन्दै वक्तव्य निकालेको थियो । यादव पक्षले काठमाडौंमा कुनैपनि बैठक नडाकिएको भन्दै वक्तव्य निकालेको थियो । केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको वक्तव्यमा भनिएको थियो ।