साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजार दोस्रो दिन सोमबार भने गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा कारोबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो । आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार पाँच सय ९३ रुपैयाँको कारोबार भएको हो ।