-डा.डिआर उपाध्याय,

काठमाडौं ।  स्थानीय तहको निर्वाचन परिणामले नयाँ खालको सन्देश दिएको छ । यो निर्वाचन मत परिणामले राजनीतिक दल र तिनका नेताहरुलाई सुर्धने मौका दिएको छ । अब दलहरुले योग्य उम्मेदवार नउठाउँने हो भने यस्तै स्थिती दोहोरीन सक्छ । निर्वाचन परिणामले मतदातालाई उत्साहित बनाएको छ । मुलुकको नेतृत्व अब युवा पुस्तामा हस्तान्तरित हुने संकेत देखा पदैछ ।

यो अहिलेको आवश्यकता पनि हो ।स्थानीय तहको निर्वाचन सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकि, देश विकासको जग बसाल्ने भनेको नै स्थानयि तहबाट हो । स्थानीय तहको विकास नभए देशको विकास हुँदैन । स्थानीय तहका नेता सक्षम, दक्ष, इमानदार हुन जरुरी छ । जनताको जीवनस्तर माथि उठाउन नेतृत्वको ठूलो भूमिका रहन्छ । अब राजनीतिक वातावरण स्वच्छ र पारदर्शी हुन जरुरी छ । नेताहरु स्वार्थी हुनाले राज्यले निकास पाएको छैन । आज तमाम नागरिकले समस्या झेल्नु परेको छ ।

नेतृत्वले सहि बाटो लिन नसक्दा यो अबस्था आएको हो । देशमा राजनीतिक विकृति फैलिएको छ । नेताले राजनीतिलाई पैसा कमाउने भाँडो बनाए । यो भन्दा घिन लाग्दो कुरा के हुन्छ ? राजनीति विकृतिकै कारण सर्वसाधारण नागरिकको अवस्था दयनीय बन्दै आएको छ । पदीय दायित्वप्रति नेता संवेदनशील बन्न सकेनन् । शीर्षस्थ नेताकै कार्यशैली र व्यवहार स्वार्थ केन्द्रित छ । ब्यक्तिगत स्वार्थको राजनीतिले देशलाई फाइदा गदैन । अब नेताहरुले सोच्नु पर्छ । अब पनि दल र तिनका नेताहरुमा सुधार आउन सकेन भने आगामी प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा पनि मतदाताले उचित फैसला गर्ने छन ।

राजनीतिक दलको कमीकमजोरीका कारण स्थानीय निर्वाचन ठूला दलका लागि पाठ सिक्ने अबसर भएको छ । सर्वसाधारण नागरिकमा राजनीतिक चेतना विस्तार भइरहेको छ । अब यो कुरा नेताहरुले बुझन जरुरी छ । अब मतदातालाई ढाँटने, छल्ने दिन गए । मतदाता आफै सचेत छन । मतदाताले राजनीतिक दलले खडा गरेका उम्मेदवारलाई हराइदिएर स्वतन्त्र उम्मेदवारहरुलाई बिजयी गराएर प्रमाणित गरिदिएका छन् । यो ठूला भनिएका दलका शीर्षस्थ नेताकै कार्यशैलीप्रतिको असन्तुष्टि पनि हो ।

यस अर्थमा स्वतन्त्र उम्मेदवारले राजनीतिक दलका नेतालाई चुनौती दिए, जुन प्रशंसनीय छ । यो राजनीतिक सुधारको सकारात्मक सन्देश हो । लोकतन्त्रमा कानुनी मापदण्ड पुगेको जुनसुकै व्यक्तिले पनि उम्मेदवारी दिन सक्छ । स्वतन्त्र उम्मेदवारको विजय र प्राप्त मतलाई दलले शिक्षाकै रूपमा लिनुपर्दछ । मतदाताको ध्यान दलीय उम्मेदवारप्रतिभन्दा स्वतन्त्र उम्मेदवारप्रति बढी आकर्षित हुँदै आएको देखियो । स्वतन्त्र उम्मेदवारप्रति विश्वास बढ्नुको कारण राजनीतिक दलले राम्रो काम गर्न नसकेरै हो । अब राजनीतिक दलहरु सुर्धने की सकिने ? यो उनीहरुले बुझने कुरा हो ।