विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा आयोजना भएको जलवायु परिवर्तन सम्बन्धि बिचार गोष्टि सम्पन्न भएको छ। सगरमाथा दिवसको अवसरमा सगरमाथा कै आधार शिबिर ५३६४ मिटरको उचाईमा उक्त गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीमा सहभागी हुन Colorado state university, USA का वरिष्ठ वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joel Berger, University of Colorado Boulder, USA को वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joanna Lambert नेपाल आउनु भएको थियो। विश्व भर तीब्र गतिमा जलवायु परिवर्तनको असर देखिएको र त्यसको असर अविकसित राष्ट्र नेपाल जस्तो देशहरुलाई तीब्र गतिमा परि रहेको छ। ०.०२५% कार्वन उत्सर्जन गर्ने नेपाल अहिले चौथो पीडित राष्ट्रमा पर्दछ। जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर गर्ने विज्ञहरुको भनाई छ। कतिपय विज्ञहरुले पाच वर्ष भित्र सगरमाथा आधार शिबिर तालमा परिणत हुने प्रक्षेपण मात्र गरेका छैन सगरमाथाको आयु पनि ३०-४० वर्ष भन्दा बढी नरहने बताई रहेका छन। जलवायु परिवर्तनले मानव जीवन संगै वन जङ्गल, हिमाल सबै क्षेत्रमा पारेको असर बारे सरकार बेखबर नभए पनि कुनै पहल नलिएको र हाम्रो हिमशृङ्खलाहरु मासिने अवस्था आएपछी विश्व समुदायलाई जलवायु परिवर्तनको असर र न्यूनीकरण बारे संदेश दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ। सगरमाथा आधार शिबिरमा आईतवार भएको कार्यक्रममा सहभागी हुँदै बैज्ञानिक डा. जोएलले ब्यक्तिगत पहल गरेर केही नहुने अब सरकार र राजनीतिक दलहरुले नया नीति बाएर जलवायु परिवर्तन बिरुद्ध लडाई लड्नु पर्ने बताउनु भयो। यहि रफ्तारमा जलवायु परिवर्तन हुने र पहल नलिने हो भने अबको केही पुस्ता बाहेकले पृथ्वी नदेख्ने बताउनु भयो। सरकारसँगै यसरी संघ सस्थाहरु लागि पर्नु पर्ने जुन कुराको सुरुवात विश्व कीर्तिमानी समाजले गरेकोले अत्यान्तै खुसी लागेको बताए। अब हामी सबैले औद्योगिक क्रान्ती गर्दा जलवायु सम्बन्धि सचेत रहनुपर्ने समेत बताए। कार्यक्रम बिहान ९ बजे सुरु भएर १ बजे सम्पन्न भएको आयोजकले बताएको छ। कार्यक्रमको बिचमा बैज्ञानिकद्वय जोएल र जोआन्नाले प्रोजेक्टर मार्फत समेत आफ्नो बैज्ञानिक तथ्य पेश गरेका थिए। कार्यक्रमको सम्पुर्ण रुपमा छायांकन गरिएको र अब वृतचित्र समेत बनाएर विभिन्न देशहरुमा पठाएर जलवायु सम्बन्धि जनचेतना फैलाउने आयोजकको दाबी छ। कार्यक्रममा नेपालका वरिष्ठ साउण्ड ईन्जिनियर छिरिङ भोटेले साउण्ड संबंधित रेकर्ड गर्नु भएको थियो भने कार्यक्रमको छायांकन मृगेन्द्र राजभण्डारीले गर्नु भएको थियो। आधार शिबिरको सम्पुर्ण ब्यवस्थापन नेपालकै सबैभन्दा टुलो एक्पेडिसन कम्पनी सेभेन समिटले गरेको थियो उक्त कार्यक्रमको लागि बैज्ञानिक सहितको टोलिको नेतृत्व गर्दै जेष्ठ ६ गते समाजको अध्यक्ष सन्च बहादुर राई सगरमाथा आधार शिबिर तर्फ लागेका थिए। आधार शिबिर तर्फ लाग्नु अघि जेष्ठ ५ गते सम्माननिय उपराष्टपति नन्द बहादुर पुनले टोलिलाई कार्यक्रमको सफलताको शुभकामना सहित नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नु भएको थियो।