काठमाडौं । गीतकार धर्मेन्द्र खड्काको रचना रहेको ‘यहि हो मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।
चर्चित गायक शिब परियार र गायिका आनी छोइङ डोल्माको सुमधुर स्वरले सुसज्जीत गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन रहेको गीतको भिडियो यसै साता बजारमा आएको हो ।
होराइजन स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रदिप जोशीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिस्ट रेशम गदाल हुन् ।
गीतको कोरस गायनमा संगीता रानापहेली, अप्सरा योगी, खुशी थुलुङ्ग राई, बिशालदेब श्रेष्ठ, युवराज घर्ती मगर र सगुन लिम्बुको स्वर सुन्न सकिन्छ ।

गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ ।
गीतको म्युजिक भिडियो बिकल रानापहेलीले गरेका हुन् । राना पहेलीले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् ।
भिडियोलाई योगेश दाहालले छायाँकन र सम्पादन गरेका हुन् ।

गीतकार धर्मेन्द्रले यसअघि ख्यातीप्राप्त गायक, गायिका तथा संगीतकारहरुको सहकार्य गर्दै ‘उद्गार’ नामको एल्बम सार्वजनिक गरिसकेका छन् ।