-डा.डिआर उपाध्याय,

काठमाडौं – बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । बिभिन्न राजनीतिक दलका चुनाव केन्द्रित कार्यक्रमहरु दिनौं जसो भइरहेका छन । चुनावमा कस्ता चुनावी एजेण्डा दिएर जनताको मत तान्न सकिन्छ भनेर सबै राजनीतिक दलहरु लागेकै छन । जनताले चुनावी एजेण्डा होइन, परिणाम खोजिरहेका छन । परिणाम निस्कने गरी जनप्रतिनिधिहरुले काम नगरेको प्रति जनता आर्कोशित छन ।

अब हामी नागरिक आर्कोशित भएर मात्र हुदैन । अब कस्ता उम्मेदवारलाई भोट दिएर जिताउने भन्ने बिषयमा बिचार पुयाउनु पर्छ । राजनीतिक दलका नेताहरुलाई दोष दिएर मात्र हुदैन, हामी पनि दोषि छौं । हामीले राम्रा मान्छे छान्न नसक्दा अहिले दुख्ख पाइरहेका छौं । अब पनि हामीले बिचार गरिएन भने भोली फेरि पछुताउनु पर्ने अबस्था आउन सक्छ । त्यसैले आउँदो चुनावमा हामी सम्पूर्ण नागरिकहरुले आ आफना प्रतिनिधि छान्न दश पटक सोचेर मतदान गरौं । हाम्रा होइन राम्रा ब्यक्ति छानौं । पैसा र खानपानमा आफनो अमूल्य मत खेरा नफालौं । अब तपाई हामीले सोच्नु पर्ने भएको छ । गरिबका छोरा छोरीहरु यो महंगो चुनावमा उठन आँट गर्ने अबस्था छैन । चुनाव महंगो भयो ।

आर्थिक अबस्था कमजोर हुने ब्यक्ति पछि हटेर पैसावालालाई ठाउँ छोडदिनु पर्ने यस्तो अबस्था छ । अब जनताले बिचार पुयाउनु पर्छ । खराव ब्यक्तिलाई चुनावमा हराउने वा जिताउने भन्ने जिम्मा जनताको हातमा छ । त्यसैले अबको चुनावमा बिगतमा जस्तो गल्ति तपाई हामीहरुले दोहोराउने काम गर्नु हुदैन । खराव आचरण भएकालाई हराउने र राम्रा ब्यक्हिरुलाई जिताउने तपाई हाम्रो जिम्मामा छ । गाउँ देखि शहर सम्म यो जागरण अभियानको जरुरी छ । जनप्रतिनिधि भनेका जनताका सेवक हुन ।

जनताको सेवामा रात दिन खटने ब्यक्तिलाई छान्न सक्यौ भने सबैको हित हुन्छ । लामो समय सम्मको अभ्यासले धेरै कुरा सिकाएको छ । सबै कुरा अनुभवबाट सिक्ने हो । राजनीतिक दल र तिनका नेताहरुको पछि लागेर कार्यकर्ताहरुले के पाए ? अब समिक्षा गर्नु पर्छ । अब नेतालाई गाली गरेर मात्र समस्या समाधान हुदैन अब हामी सबै सच्चिनु पर्छ । हामी नागरिक सच्चिन सके पनि समाज परिवर्तन हुन सक्छ । आज देश आर्थिक संकटमा फस्दै छ । देशको आर्थिक अबस्था सुधार गर्न के के गर्नु पर्छ भन्ने बिषयमा अर्थबिज्ञहरु छलफलमा जुटेको अबस्था छ । देशको बिकास र सुशासन आजको आबश्यकता हो । भ्रष्टचारले देश थिलथिलो छ । सबै तहका सरकार गम्भिर बन्नु पर्ने बेला आएको छ । अब देशलाई माथि उठाउन सक्ने इमान्दार नेताहरुको खाँचो छ । त्यस्ता नेता छान्ने काम तपाई हाम्रो काम हो ।

अब चुनावमा जनताले फैसला गर्नु पर्छ । चुनावमा गठबन्धन दल र एमाले भिडने संकेत देखिएको छ । सबै राजनीतिक दलहरु चुनावी मैदानमा छन । चुनावमा कस्ले जित्ने कस्ले हार्ने भन्ने त हुन्छ नै । लोकतन्त्रमा यो स्वभाविक प्रक्रिया हो । लोकतन्त्रमा प्रतिष्प्रर्धाको राजनीति हुन्छ । यो नै सुन्धर पक्ष हो । प्रतिष्प्रर्धामा राम्रा मान्छे आउनु पर्छ भन्ने हाम्रो मान्यता हो । देशमा राम्रा मान्छे पनि छन सबै गलत छैनन् । चुनावमा राम्रा मान्छे छान्ने काम सुरु गरौं । हाम्रा होइन, राम्रा मान्छे छान्न सकियो भने मात्र बिकास हुन्छ ।