गायक रामकृष्ण श्रेष्ठ तथा चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको ‘बनारसी पान’को गीतको भिडियो एक कार्यक्रमका वीच सार्वजनिक भएको छ ।
केशव अधिकारीको शव्द एवं संगीत तथा कृष्ण केसीको एरेन्जमा तयार भएको गीतको उक्त भिडियो गायक तथा संचारकर्मी श्रेष्ठको आफ्नै युट्युुब च्यानल आरजे रामकृष्ण श्रेष्ठबाट सार्वजनिक भएको हो ।
जमलस्थित होटल यल्लो प्यागोडामा आयोजित उक्त भिडियो सार्वजनिक समारोह वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथी बराल,गायक श्रेष्ठका माता पिता,संगीतकार सुरेन्द्र श्रेष्ठ, गीतकार डिपी परिश्रमी दाहाल,गायक रवि सुवेदी,गायिका श्वेता उप्रेती,संचारकर्मी सोनीतराज ढुंगेल लगायतका व्यक्तिहरुले प्रोजेक्टरबाट स्विच अन गरि औपचारिक रुपमा भिडियो सार्वजनिक गरिएको थियो ।

भिडियो सार्वजनिक समारोहमा उपस्थित संगीतकर्मी,संचारकर्मी तथा अतिथीले गीत तथा भिडियोको वारेमा उत्कृष्ट प्रतिक्रिया दिएका थिए । भिडियोमा आवद्ध सम्पूर्ण टिमलाई सम्मान गरिएको सो समारोहको सभापतित्व गायक श्रेष्ठले गरेका थिए भने भिडियोका निर्देशक सोनाम पाख्रिनले स्वागत मन्तव्य राखेका थिए । मोडल सुनिता श्रेष्ठ तथा मोडल कमल सिंह फिचर्ड भिडियोको सम्पादन तथा छायांकन पवन सुुसलिगंले गरेका हुन ।
चितवनको रमणीयस्थलमा छायांकन भएको भिडियो करिब तिन दिन लगाएर निर्माण सम्पन्न गरिएको थियो ।