शुक्रबार काठमाण्डौँमा एक भव्य कार्यक्रम बीच चलचित्र ‘अञ्जिला’ को निर्माण घोषणा गरिएको छ । चलचित्रलाई सत्य कथामा आधारित भनिएको छ । अर्थात यो चलचित्र कसैको बायोपिकमा निर्माण हुदैछ । यो बायोपिक चलचित्र चर्चित महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलकिपर एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथामा यो चलचित्र निर्माण हुदैछ ।

चलचित्रलाई चर्चित फिल्म निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन । चलचित्रमा एन्जिला स्वयमको मुख्य भुमिका रहनेछ । उनीसंगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठको अभिनय रहनेछ । चलचित्रलाई सुदिप बरालले खिच्नेछन । चलचित्रका निर्माता भने प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बु रहेका छन ।