सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यस्तो परीक्षण वर्षको एकपटक हुने छ । साथै मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ ।