नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न  जान चाहेको बताए ।