टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ । छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा स्थान बनाउने छन् ।