विगत लामो समयदेखि हसिया ,विरविक्रम , व्लाईन्ड रक्स, ह्याप्पीडेज ,वोवी ,पासवर्ड लिलिविली ,विरविक्रम २ ,डेसान ,गोर्खा वारिअर २ र सयौ म्युजिक भिडियोहरुको प्रोडक्सन डिजाईनर संगसगै विरविक्रम , व्लाईन्ड रक्स वोवी , विरविक्रम २ चलचित्रहरु लगाएत धेरै म्युजिक भिडियो र हांस्य टेलिसिरियल हल्का रमाईलो र गोलमालका हास्य कलाकार विनोद सुवेदी (टाटे ) सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल (सरद )ज्युवाट सम्मानित हुनुभएको छ । सशस्त्र प्रहरी वल नेपालले निर्माण गरेको गितमा प्रोडक्सन डिजाईनर को काम गरेवापत उहांलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले सम्मानसहित मायाको चिनो प्रदान गरेको हो । निर्देशक मिलन चाम्स को निर्देशनमा तयार भएको गित लाई सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालज्युले लेख्नुभएको हो भने यस गितमा गाएक प्रताप दासको आवाज रहेको छ । हाल एक कार्यक्रमको आयोजना गरि उक्त गित निर्माण मा योग्दान दिनुहुने निर्देशक , कलाकारहरु ,सम्पादक एवं निर्माण व्यवस्थापक लगायतलाई सशस्त्र प्रहरी वल नेपालले सम्मान सहित मायाको चिनो प्रदान गरेको थियो ।