काठमाण्डौं, माघ ११

बिगत लामो समयदेखिको खोज, अध्ययन, अनुसन्धान पश्चात ऐतिहासिक नेपाली कथानाक चलचित्र “सिन्धुलीगढि” को बिधिवत रुपमा नेपाल चलचित्र बिकाश बोर्डबाट छायांकन अनुमती प्रमाणपत्र प्राप्त गरियो ।

सास इन्टरटेण्ड्मेन्ट सिनेमा प्रा.लि.को ब्यानरमा सास अधिकारिले निर्माण गर्ने चलचित्रमा लेखन निर्देशन बिश्वमणि घिमिरेको रहने छ भने मुख्य कलाकारहरु अडिसन प्रकृयाबाट छनोट भैरहेका छन ।

सिन्धुली, काठमाडौं र काभ्रेमा छायांकन गरिने चलचित्रलाई साउथका चर्चित एनिमेटर निर्देशक एस एस राजामौलीले सहयोग गर्नेछन ।

जसका लागी चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिने छ ।

हिन्दी, अङ्ग्रेजी भाषामा पनि डब गरिने ऐतिहासिक ‘सिन्धुलीगढी’को कुल लागत नेपाली चलचित्रको इतिहासमा अहिलेसम्मकै उच्च रहने छ भने सो को जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराइने छ ।